PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

भरतपुर १९ को पुन: मतदानका विषयमा कांग्रेस-माओवादीको संयुक्त बैठक, प्यानलमा कांग्रेस मेयरमा रेणु जिताउने निर्णय



पहिलोपोस्ट

भरतपुर १९ को पुन: मतदानका विषयमा कांग्रेस-माओवादीको संयुक्त बैठक, प्यानलमा कांग्रेस मेयरमा रेणु जिताउने निर्णय

  • राजेन्द्र आचार्य-
भरतपुर : नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा एक अर्काका उम्मेदवारलाई विजयी गराउन पूर्णरुपमा सहयोग गर्ने निर्णय गरेका छन्।

दुई पार्टीको आज बसेको संयुक्त बैठकले पुनः मतदानमा माओवादीले कांग्रेसका उम्मेदवारको प्यानललाई विजयी गराउन र कांग्रेसले मेयरमा रेणु दाहाललाई विजयी गराउन सहयोग गराउने निर्णय गरेका हुन्।

बैठकले निर्वाचन आयोगको निर्णयको स्वागत गर्दै आजैदेखि चुनाव प्रचारप्रसारमा लाग्ने निर्णयसमेत गरेको छ।
 वडा नम्बर १९ मा ३ हजार ७९७ मतदाता छन्।

मतगणनाका क्रममा मतपत्र च्यातिएपछि निर्वाचन अयोगले वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गरेको थियो। नेकपा एमालेले भने आयोगको निर्णयको विरोध गर्दै कानुनी उपचार खोज्ने बताएको छ।

भरतपुर महानगरमा नेकपा एमालेका देवी ज्ञवाली र नेकपा माओवादी केन्द्रकी रेणु दाहाल मेयरका उम्मेदवार छन्। दाहाल भन्दा ज्ञवाली करिब सात सय मतले अगाडि छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell