PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

कांग्रेस माओवादी एक, एमाले उत्रियो विरोधमा, भरतपुर १० निषेधित क्षेत्रको घोषणा



पहिलोपोस्ट

कांग्रेस माओवादी एक, एमाले उत्रियो विरोधमा, भरतपुर १० निषेधित क्षेत्रको घोषणा

भरतपुर : जिल्ला सुरक्षा समितिको बैठकले भरतपुर महानगरपालिकाको वडा नम्बर दशको चार किल्लाभित्र अर्को सूचना जारी नभएसम्मका लागि सभा, जुलुस, धर्नालगायतका कार्यक्रममा रोक लगाएको छ।

पूर्वतर्फ मालपोत चोकदेखि जिल्ला अदालत आउने क्षेत्र, पश्चिमतर्फ चौबीसकोठीदेखि जिल्ला प्रहरी कार्यालय जाने सडक, उत्तरतर्फ मुख्य निर्वाचन अधिकृतको कार्यालय पछाडिको सडक र दक्षिणतर्फ हाकिम चोकदेखि जिल्ला कारागार आउने क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो।

मतगणनाका क्रममा मतपत्र च्यातिएपछि निर्वाचन अयोगले वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गरेको थियो। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले यसको स्वागत गरेका छन् भने नेकपा एमालेले निर्णयको विरोध गर्दै कानुनी उपचार खोज्ने बताएको छ। आन्दोलनमा उत्रिने एमाले तयारीसँगै निषेधित क्षेत्र घोषणा गरेको हो।

भरतपुर महानगरमा नेकपा एमालेका देवी ज्ञवाली र नेकपा माओवादी केन्द्रकी रेणु दाहाल मेयरका उम्मेदवार छन्। दाहाल भन्दा ज्ञवाली करिब सात सय मतले अगाडि छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell