PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

भरतपुर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट



पहिलोपोस्ट

भरतपुर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं : भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। 

तुलसीराम पाण्डेले हालेको रिटको सुनुवाई भोलिका लागि तोकिएको छ। 

मत गणनाका क्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले नै मतपत्र च्यातेपछि विवाद सुरु भएको थियो। 

आयोगले मतगणना स्थल कब्जा भएको भन्ने पुष्टि भएको जनाउँदै पुन: मतदानका लागि मिति स्थान र समय तोक्न प्रमुख निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो। 

नेकपा एमालेले मत गणना पहिलेकै ठाउँबाट थाल्नुपर्ने अडान लिएको थियो भने नेकपा माओवादीले पुन: मतदान हुनुपर्ने अडान लिएको थियो। आयोगले मत गणनाका क्रममा च्यातिएको मतपत्र संख्या किटान गर्न निर्देशन दिँदै प्रकृयालाई लम्ब्याएको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell