PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

विशेष अदालतको अनुमतिमा चुडामणिलाई ७ दिन अख्तियारकै हिरासत



सविन ढकाल

विशेष अदालतको अनुमतिमा चुडामणिलाई ७ दिन अख्तियारकै हिरासत

काठमाडौं : विशेष अदालतले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालार्इ अनुसन्धानका लागि सात दिनको म्याद थपेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार म्याद थपका लागि शर्मालार्इ आइतबार विशेष अदालत पुर्‍याएको थियो।
 
म्याद थपपछि भ्यानमा राखेर शर्मालाई पुनः अख्तियार तर्फ लगिएको छ। अब शर्मालाई थप बयान र अनुसन्धान गर्न अख्तियारलाई बाटो खुलेको  छ।

स्रोतका अनुसार कर फर्छ्यौट आयोग मार्फत ब्याज मिनाहा बाहेक जनताबाट उठाएको भ्याट वापतको रकम समेत ब्यापारीलाई फिर्ता दिएकोमा अख्तियारले बढी चासो राखेर बयान लिइरहेको छ।

साथै आयोगको म्याद सकिएपछि पनि शर्मा सहित आयोगका अध्यक्ष एलडी महत र उमेश ढकाल बसेर कर फरफारक गरेकोमा पनि अख्तियारले ध्यान केन्द्रित गरिएको छ।
 
शुक्रबार पौने एक बजे पक्राउ गरेर हिरासतमा राखेका शर्मालाई आइतबार अदालत खुल्ने वित्तिकै म्याद थपका लागि पुर्‍याइएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell