PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

देउवाको पक्षमा भोट हाल्ने या नहाल्ने जिम्मा राप्रपाले संसदीय दललाई नै सुम्प्यो



रासस

देउवाको पक्षमा भोट हाल्ने या नहाल्ने जिम्मा राप्रपाले संसदीय दललाई नै सुम्प्यो

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थापिका–संसद्‍मा प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गर्ने वा नगर्नेबारेमा निर्णय गर्न संसदीय दललाई जिम्मेवारी दिएको छ। 

पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति, पदाधिकारी तथा सांसदहरुको बैठकले नयाँ प्रधानमन्त्रीका पक्ष तथा विपक्षमा मतदान गर्नका लागि टुङ्गो लगाउन नसकेपछि आवश्यक निर्णय लिन संसदीय दललाई जिम्मेवारी दिइएको प्रवक्ता सुशील श्रेष्ठले जानकारी दिए। 

बैठकमा अधिकांश सहभागीले नयाँ प्रधानमन्त्रीका पक्षमा मतदान गरी सरकारमा जान सुझाए पनि अध्यक्ष थापाले त्यसलाई नकारेपछि निर्णय लिन नसकिएको बताइएको छ। संसदीय दलको बैठक आजै साँझ बस्ने छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell