PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

व्यापारमेलामा सहभागी हुने पोखरेली व्यवसायीको टोलीलाई विदाइ



पहिलोपोस्ट

व्यापारमेलामा सहभागी हुने पोखरेली व्यवसायीको टोलीलाई विदाइ

पोखराः चीनको कुन्मिन सहरमा आयोजना हुने दक्षिण एसियाली बस्तु प्रदर्शनी तथा लगानी मेलामा सहभागी हुने पोखरेली उद्योगी व्यवसायीहरुको प्रतिनिधिमण्डललाई आज विदाइ गरिएको छ।

मेलामा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेको नेतृत्वमा ४७ सदस्यीय टोली सहभागी हुँदैछ।

अध्यक्ष पालिखेका अनुसार चीन सरकारको विशेष सदासयतामा हुने प्रदर्शनीमा पोखराकातर्फबाट सहभागिता जनाउने उद्योगी र व्यवसायीहरुले ६ वटा स्टल राखेका छन। बुकिङ्गगरिएका स्टलहरुमा ह्याडीक्राफ्टका सामाग्री राखिने पालिखेले बताए।

चाइना काउन्सिल अफ प्रमोसन अफ इन्टरनेशनल ट्रेडको आयोजनामा जेठ २९ गतेबाट मेला सुरु हुने छ। मेला एक सातासम्म चल्नेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell