PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

लण्डनमा पुनःआतंककारी आक्रमण, ६ जनाको मृत्यु, ४८ घाइते



रासस

लण्डनमा पुनःआतंककारी आक्रमण, ६ जनाको मृत्यु, ४८ घाइते
फोटो श्रोतःbbc.com

लण्डनः मध्य लण्डनमा शनिबार राति भएका दुई छुट्टाछुट्टै आतङ्ककारी आक्रमणमा ६ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन्।

शनिबार राति लण्डन ब्रिजमा एउटा गाडीले पैदलयात्रीलाई ठक्कर दिएको थियो भने बरो मार्केट क्षेत्रमा सदिग्ध आतङ्ककारीले जथाभाबी छुरा प्रहार गरेको थियो।

दुई घटनामा परी मारिनेको सङ्ख्या ६ पुगेको प्रहरी अधिकारीहरुले बताएका छन्। घाइतेहरुको लण्डनका पाँच वटा अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन्।

घटनामा संलग्न ३ जना संदिग्ध हमलाकारीहरु पनि प्रहरी कार्वाहीमा मारिएका छन्।

गत २२ मे साँझ आयोजित सांगीतिक कार्यक्रमको अन्त्यमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै भएको विस्फोटमा परी २२ जनाको को मृत्यु हुनुको सार्थै दर्जनौ घाइते भएका थिए।

त्यो घटनाको दुई हप्ता वित्न नपाउँदै पुनः यो आक्रमण भएको हो।रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell