
काठमाडौंः प्रदर्शनको संघारमा रहेको चलचित्र ‘लालटिन’को टिमले यतिबेला आफ्नो चलचित्रको प्रचारप्रसारलाई तिब्रता दिएको छ।
प्रचारसँगै समाजसेवाको उद्देश्यले ‘लाल्टिन’ टिमले शनिबार पशुपति, संकटालगायतका क्षेत्रका बृद्धबृद्धा र असहायलाई कपडा वितरण गरेको छ।
प्रचारप्रसारमा चलचित्र निर्माता भानु प्रताप, अनिम श्रेष्ठ, राज केसी, कलाकारहरु निर्जन थापा, राज कटुवाल साथै गायक बिनोद ढकाललगायतको टिम सहभागी थियो।
कार्यक्रममा ‘लाल्टिन’ टिमले यस खालका समाजसेवालाई अन्य दिनमा पनि निरन्तरता दिइने बताएको छ।
देव कुमार श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल, अर्जुन जंग साही, जनक बर्तौला, ए. गुरुङलगायतका कलाकारको मुख्य भूमिका रहेको छ।
चलचित्रलाई भानु प्रताप , अनिम श्रेष्ठ र राज केसीले संयुक्तरुपमा निर्माण गरेका हुन्। चलचित्र जेठ २६ गतेदेखि प्रदर्शनमा आउँदैछ ।