PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

शंकर हलमा सुरु भयो संसद चलाउन शीर्ष नेताको बैठक, ओली पनि उपस्थित



रमेश वाग्ले

शंकर हलमा सुरु भयो संसद चलाउन शीर्ष नेताको बैठक, ओली पनि उपस्थित

काठमाडौँ :  प्रधानमन्त्री चुन्ने कार्यसूची रहेको व्यवस्थापिका संसदको बैठक सुरु गर्न सहमति जुटाउन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शंकर हलमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ। 

बैठकमा प्रमुख दलका शीर्ष नेताहरु सहयोगीसहित उपस्थित छन्। बिहान डाकिएको शीर्ष नेताको बैठकमा अनुपस्थित भए पनि एमाले अध्यक्ष केपी ओली अहिलेको बैठकमा सहभागी भएका छन्। 

आज बिहान ११ बजे बस्नुपर्ने संसद बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले अवरोध गर्ने चेतावनी दिएपछि सभामुख ओनसरी घर्तीले शीर्ष नेताको बैठक डाकेकी थिइन्। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', भावी प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवासहित एमालेका तर्फबाट माधव नेपाल, झलनाथ खनाल उपस्थित थिए। तर एमाले अध्यक्ष केपी ओली भने बैठकमा गएका थिएनन्।  

त्यसपछि उनले बैठक दिउँसो ३ बजे सारेर शीर्ष नेताको बैठक त्यसअघि दिउँसो २ बजेका लागि तय गरेकी थिइन्। 

एमालेको शनिबारको स्थायी समिति बैठकले जारी निर्वाचन प्रक्रिया अघि बढ्न नदिने निर्णय गरेको थियो। 

प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाको एकल मनोनयन परेको छ। देउवाको पक्षमा सहज बहुमत जुटेको छ। कांग्रेस, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, अखण्ड नेपाल पार्टी, समाजवादी जनता दलका गरी देउवालाई ३११ सांसद्को समर्थन छ।

प्रधानमन्त्री निर्वाचित हुने निश्चित हुँदा पनि राजनीतिक सहमतिबाट सदनको अवरोध नहटेसम्म प्रधानमन्त्री चयनको प्रक्रिया भने अनिश्चित छ।

यस्तो छ आजको संसद बैठकको कार्यसूची


यो पनि हेर्नुस् : एमालेको 'प्रतिकार गर्ने' चेतावनीपछि प्रधानमन्त्री चुन्न संसद बैठक बिहान ११ बजे बस्न सकेन

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell