PahiloPost

Jun 15, 2025 | १ असार २०८२

संघीय समाजवादी फोरमले देउवाको पक्षमा मतदान गर्ने



पहिलोपोस्ट

संघीय समाजवादी फोरमले देउवाको पक्षमा मतदान गर्ने

काठमाडौंः संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री निर्वाचनमा प्रस्तावका पक्षमा मतदान गर्ने भएको छ।

फोरमको संसदीय दलको बैठकले प्रधानमन्त्री निर्वाचनमा प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको हो। 

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री निर्वाचनपछि संविधान संशोधन गरी मधेसी, आदिवासी जनजाति, थारुलगायतको माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता जनाएपछि फोरम नेपालले प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।
 
पार्टी अध्यक्ष उपेन्द्र यादवलाई सम्बोधन गर्दै देउवाले संघीय समाजवादी फोरम नेपाललाई पठाएको लिखित पत्रमा भनिएको छ, ‘स्थानीय तहको प्रथम चरणको निर्वाचन भइसकेको वर्तमान अवस्थामा अब तोकिएको मितिमा दोस्रो चरणको निर्वाचन गरि संविधान संशोधनलगायत राजनीतिक दलहरुकाबीचमा भएको सहमतिलाई कार्यान्वयन गर्दै बाँकी सबै तहको निर्वाचन सम्पन्न गर्नु हाम्रो मुख्य राष्ट्रिय एजेण्डा हुने कुरा स्मरण गराउन चाहन्छु।’  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell