PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

कान्दाहारस्थित प्रहरी चौकीमा आक्रमण, ६ जनाको मृत्यु, पाँच घाइते 



रासस

कान्दाहारस्थित प्रहरी चौकीमा आक्रमण, ६ जनाको मृत्यु, पाँच घाइते 

कान्दाहारः अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा एक प्रहरी चौकीमा भएको आन्तरिक आक्रमणमा कम्तीमा छ प्रहरीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

कान्दाहारको हाजी अरब क्षेत्रमा रहेको प्रहरी चौकीमा आक्रमण भएको हो। स्थानीय समयानुसार आइतबार बिहान सुरक्षाकर्मी निदाइरहेका बेला आक्रमण भएको थियो। 

अनुसन्धानपछि घटनाको आधिकारीक विवरण आउने अधिकारीहरुले बताएका छन्।

तालिवानको जन्मभूमि कान्दाहार र अफगानिस्तानमा बारम्बार हुने गरेका आन्तरिक आक्रमणमा परी सुरक्षा अधिकारीको ज्यान जाने गरेको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell