PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

देउवाका पक्षमा मतदान गर्ने राप्रपा संसदीय दलको निर्णय



रासस

देउवाका पक्षमा मतदान गर्ने राप्रपा संसदीय दलको निर्णय

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। 

पार्टी संसदीय दलको आज बसेको बैठकले देउवाका पक्षमा मतदान गर्ने निर्णय गरेको हो।

त्यस्तै, बैठकले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग सरकारमा सहभागिताका लागि वार्ता गर्न पार्टीका महामन्त्री जयन्त चन्दको संयोजकत्वमा पूर्वमन्त्री दिलनाथ गिरी र प्रमुख सचेतक कुन्तीकुमारी शाही सदस्य रहेको समिति गठन गरेको छ।

व्यवस्थापिका–संसद्मा राप्रपाबाट ३७ सांसदले प्रतिनिधित्व गरेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell