PahiloPost

May 19, 2025 | ६ जेठ २०८२

तीन प्रमुख र सात उपप्रमुखमा भिड्दै रोल्पाली महिला



रासस

तीन प्रमुख र सात उपप्रमुखमा भिड्दै रोल्पाली महिला

रोल्पाः असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा रोल्पा जिल्लाबाट तीन महिलाले प्रमुख पदमा प्रतिस्पर्धा गर्ने भएका छन्।
 
प्रमुख पदमा प्रतिस्पर्धा गर्नेमा रोल्पा नगरपालिकाबाट नेकपा एमालेकी मीना शर्मा, थवाङ गाउँपालिकाबाट राष्ट्रिय जनमोर्चाकी मनकुमारी घर्ती र सुकिदह गाउँपालिकाबाट एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीकी निर्मला राना छन्। 

जिल्लाका अन्य सात स्थानीय तहमा भने पुरुषको मात्र एकल प्रतिस्पर्धा हुने भएको छ। दशवटा स्थानीय तहमध्ये उपप्रमुख पदका लागि रोल्पा नगरपालिकाबाट नेपाली कांग्रेसले मिश्री हमाललाई उम्मेदवार बनाएको छ भने नेकपा माओवादी केन्द्रले मनकुमारी घर्तीलाई उम्मेदवार बनाएको छ।
 
यसैगरी, राष्ट्रिय जनमोर्चाले विन्दाकुमारी शर्मालाई र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले लालकुमारी खड्कालाई उम्मेदवार वनाउने भएको छ। 

लुङ्ग्री गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसबाट भीमकली बुढाथोकी एमालेबाट नमकली बानिया, माओवादीबाट मखना घर्तीमगर राष्ट्रिय जनमोर्चाबाट शान्ति पुन र एकीकृत राप्रपा राष्ट्रवादीबाट सीता घर्तीको नाम सार्वजनिक गरेको छ।
 
सुवर्णावती गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसबाट कविता उपाध्याय एमालेबाट रीता विष्ट क्षेत्रीलाई र माओवादीले बागमती थापालाई अघि सारेको  छ। 

सुनछहरी गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसले सरु पुनलाई, एमालेले कर्मा रोकामगरलाई माओवादीबाट पवित्रा घर्तीमगरलाई चयन गरेको छ।

दुईखोली गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसबाट लक्ष्मी डाँगी एमालेबाट कमला रोका र माओवादीबाट हितकुमारी बुढालाई अघि सारिएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell