PahiloPost

Jun 15, 2025 | १ असार २०८२

फोटोमा हेर्नुस् भारतसँग मैत्रीपूर्ण खेल खेल्नका लागि भारत गएको नेपाली राष्ट्रिय फुटबल टिम

फोटोमा हेर्नुस् भारतसँग मैत्रीपूर्ण खेल खेल्नका लागि भारत गएको नेपाली राष्ट्रिय फुटबल टिम

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौः भारतमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ। 

सातदोबाटोस्थित अखिल नेपाल फुटलब सङ्घ (एन्फा) कम्प्लेक्समा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले टोलीलाई बिदाई गरे। 

नेपालले यही जेठ २३ गते भारतको राष्ट्रिय फुटबल टोलीसँग मुम्बइको अँधेरी स्पोर्टस कम्प्लेक्समा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ। 

एएफसी एसियन कप फुटबल छनोटअन्तर्गत जेठ ३० गते काठमाडौँमा हुने यमनविरुद्धको खेलको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको एन्फाले जनाएको छ। 

सहभागी टोलीको गोल रक्षकमा किरणकुमार लिम्बू, विकेश कुथु र विशाल श्रेष्ठ छन् भने डिफेन्डरमा विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की तथा बिमल बस्नेत छन्। 

त्यसैगरी, मिडफिल्डरतर्फ रोहित चन्द, विशाल राई, हेमन गुरुङ, अञ्जन विष्ट, सुजल श्रेष्ठ र सुमन लामा छन् भने स्ट्राइकरमा बिमल घर्तीमगर, भरत खवास, हेमन्त थापामगर र नवयुग श्रेष्ठ छन्।  
 


ट्रेन्डिङ पोस्ट

Ncell