PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

अक्षयलाई ‘मिस्टर नेपाल २०१७’को उपाधि



पहिलोपोस्ट

अक्षयलाई ‘मिस्टर नेपाल २०१७’को उपाधि

काठमाडौंः वानेस्वरका २२ वर्षीय अक्षय रायमाझी ‘मिस्टर नेपाल २०१७’ घोषित भएका छन्।

अनामनगरस्थित लिवर्टी कलेजमा बिबिए अध्यायनरत रायमाझीले २८ प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि जितेका हुन्।

उपाधि जितेसँगै उनले अभिनयका लागि विभिन्न अवसरका साथमा थुप्रै गिफ्टसमेत हात पारे । रायमाझीले २०१७ मा आयोजना हुने ‘मिस्टर वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछन्।

प्रतियोगितामा धुर्व बुढाथोकी, आशिष ताम्राकार क्रमशः फष्ट रनरअप र सेकेन्ड रनरअप घोषित हुँदा डा. श्रीराम चन्द, अमृत दाहाल क्रमशः थर्ड रनरअप र फोर्थ रनरअप भए। सबै बिजेताले उपाधिका साथमा विभिन्न उपहार प्राप्त गरेका छन्।

अभिनेता रेश मरहठ्ठा, गायिका कोमल वली, अभिनेत्री सरिता लामिछाने, खुस्बु खड्का, सन्दीप पोखरेल, नवराज श्रेष्ठ, सुनिल रावल, जगदीश्वर थापा, शैलजा आचार्यलगायत निर्णायक रहेको प्रतियोगिता युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउने उद्देश्यले आयोजना गरिएको आयोजक एक्सपोज नेपालकी म्यानेजिङ डाइरेक्टर अर्चना थापाले बताइन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell