
दमासकसः इस्लामिक स्टेट्स (आइएस) लडाकूहरुले कब्जामा राखेको सिरियाको झन्डै १४ सय बर्ग किलोमिटर क्षेत्र सिरियाली सेनाको प्रयासमा मुक्त भएको छ।
२४ घण्टाको अवधिमा सरकारी सुरक्षा फौजले पाल्मीरा सहर क्षेत्रमा आइएस लडाकूविरुद्धको सफलता प्राप्त भएको साना समाचार संस्थाले जनाएको छ।
सिरियाली सेनाले हालै मात्र आइएस लडाकूविरुद्ध सिरियाका विभिन्न ठाउँमा आक्रामक कारबाही गर्ने घोषणा गरेको थियो।
सुरक्षा कारबाही सिरियाको उत्तरी प्रदेश अलेप्पोको दक्षिणपूर्वी केही ग्रामिण क्षेत्रमासमेत भइरहेको र त्यहाँ विगत केही दिनमा सिरियाली सेनाद्वारा ठूलो संख्यामा आइएस लडाकू मारिएका छन्।
सिरियामा सन् २०११ को मार्च महिनादेखि त्यहाँका राष्ट्रपति बसार अल असादको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समय पछाडि गृह युद्धमा परिणत भएको थियो।
सन् २०११ देखि हालसम्म जारी द्वन्द्वमा परी सिरियामा तीन लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु हुनको साथै लाखौं व्यक्ति घाइते भएका छन्। रासस/सिन्ह्वा