PahiloPost

May 19, 2025 | ६ जेठ २०८२

निर्वाचन आयोगको निर्णयविरुद्ध एमालेद्वारा काठमाडौंमा प्रदर्शन



पहिलोपोस्ट

निर्वाचन आयोगको निर्णयविरुद्ध एमालेद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौंः चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयको बिरोधमा नेकपा एमालेले आज  काठमाडौंमा प्रदर्शन गरेको छ।

आयोगको पुनः मतदानको निर्णयको विरोधमा युवा संघ र अनेरास्ववियुले काठमाडौंमा प्रदर्शन गरेका हुन्।
 
प्रदर्शनीमार्गबाट सुरु भएको विरोध र्याली पुतलीसडक, बागबजार हुँदै शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्वोधन गर्दै अनेरास्ववियुकी अध्यक्ष नविना लामाले  भरतपुरमा जनताले एमालेलार्इ जिताएको हेर्न नसकेर माओवादीले मतपत्र च्यातेको आरोप लगाइन्।

उनले मतपत्र च्यात्न लगाउनेलार्इ एमालेको सरकार आएपछि नछोड्ने चेतावनी दिइन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell