PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

अदालत परिसरमा चुडामणि शर्माले भने अख्तियारले सरकारको अपमान गर्‍यो



सविन ढकाल

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराएको छ।
 
शुक्रबार पक्राउ गरी हिरासतमा राखेका शर्मालाई आइतबार अदालत खुल्ने वित्तिकै म्याद थपका लागि विशेष अदालत पुर्याइएको हो। अदालत पुर्याउँदा सेतो सर्ट र कोट लगाएका शर्माको अनुहार मलिन देखिन्थ्यो।

प्रायः दौरा सुरुवाल र ढाका टोपीमा ठाँटिएर हिंड्ने शर्मा अदालतमा विनम्र शैलीमा प्रस्तुत भए। 

तर, अख्तियारप्रति भने शर्माले आक्रोश पोखे। सरकारले गठन गरेको कर फर्छ्यौट आयोगमा सरकारी म्याण्डेट अनुसार नै आफूले काम गरेको उनको दावी थियो। ‘अख्तियारको कदमले सरकारले कानुन बमोजिम गठन गरेको आयोगको अपमान गरेको छ’ उनले भने।
 
शर्मा सदस्य रहेको फर्छ्यौट आयोगले राज्यले उठाउन बाँकी ३० अर्ब रुपैयाँ राजश्वमा २१ अर्ब छुट दिएपछि अख्तियारले शुक्रबार उनलाई पक्राउ गरी हिरासतमा राखेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell