PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

भरतपुर प्रकरणमा आयोगको निर्णय सदर वा बदर? सर्वोच्चमा हुँदैछ बहस



पहिलोपोस्ट

भरतपुर प्रकरणमा आयोगको निर्णय सदर वा बदर? सर्वोच्चमा हुँदैछ बहस

काठमाडौँ: भरतपुरमा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध दर्ता भएको रिटमा सर्वोच्चमा आज सुनुवाइ हुँदैछ। न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा मुद्दाको पेसी तोकिएको छ।

अदालतले निवेदकको माग बमोजिम आदेश जारी गरेमा भरतपुरमा पुनः मतदान गर्ने सम्वन्धी आयोगको निर्णय बदर हुनेछ। तर, अन्तरिम आदेश अस्वीकार गरेमा आयोगको निर्णय कार्यान्वयनका लागि बाधा पर्ने छैन।

आइतबार भरतपुर महानगरका वडा नम्बर १९ का उम्मेदवार गुन्जमान बिक समेतले सर्वोच्चमा रिट दायर गरेका थिए। आयोगले पुनः मतदान गराउने गरी गरेको निर्णय कानुन व्याख्यामा विवेकको प्रयोग नभएको निवेदकको दावी छ।

अदालतमा विचाराधीन मुद्दालाई भरतपुर प्रकरणको सेफल्यान्डिङको विकल्पका रुपमा समेत हेरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell