PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

पहिरोले मेचीराजमार्ग अवरुद्ध



रासस

पहिरोले मेचीराजमार्ग अवरुद्ध

ताप्लेजुङः मेची राजमार्गअन्तर्गत ताप्लेजुङको फुङ्लिङ नगरपालिका दोखुस्थित खोक्सेखोला नजिकै झरेको पहिरोले सडक अवरुद्ध भएको छ। 

गएरातिको वर्षासँगै झरेको पहिरोले सडक अवरुद्ध भएपछि बिहानैदेखि ताप्लेजुङबाट बाहिरिने सवारीसाधन बीच बाटोमानै रोकिएका छन्। 

त्यस्तै, धुसेनी भिरबाटसमेत पहिरो झरेर सडक पुरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

दुवै ठाउँमा झरेको पहिरो पन्छाउन फुङ्लिङ नगरपालिकाको स्काभेटर पठाइने प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell