PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

पेस्तोलसहित एक जना पक्राउ



रासस

पेस्तोलसहित एक जना पक्राउ

राजविराजः सप्तरीको बोधेबर्साइन नगरपालिका–१४ बाट प्रहरीले हतियारसहित एक युवकलाई पक्राउ गरेको छ।
 
प्रहरीले बोधेबर्साइनका वीस वर्षीय पपु दासलाई एक थान पेस्तोल, एक थान म्याग्जिन र त्यसमा प्रयोग हुने चार राउण्ड गोलीसहित पक्राउ गरेको हो।

चेकजाँचका क्रममा शरीरमा लुकाएर राखेको अवस्थामा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell