PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

मतदातालाई जागरुक बनाउन सुनसरीमा नमुना मतदान



रासस

मतदातालाई जागरुक बनाउन सुनसरीमा नमुना मतदान

इनरुवाः जिल्ला निर्वाचन कार्यालय सुनसरीले बदर मत कम गर्न नमुना मतदान कार्यक्रम गरेको छ। 

कार्यालयले कोसी गाउँपालिकाको नहर चोकमा नमुना मतदान कार्यक्रम गरेको हो। मतदातालाई मतदान गर्न सिकाउने र बदर मत कम गर्ने उद्देश्यले कोसी गाउँपालिकाको नहर चोक मतदान केन्द्रमा नमुना मतदान गरिएको हो। 

नमुना मतदानमा दलका प्रतिनिधि र मतदाताको सहभागिता रहेको थियो।
 
नमुना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन सिकाइएको थियो। स्वस्तिक छाप लगाएपश्चात् मत बदर नहुने गरी पट्याउने विधि पनि सिकाइएको थियो।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell