PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

गुण्डा नाइके राजु गोर्खाली पक्राउ



सविन ढकाल

गुण्डा नाइके राजु गोर्खाली पक्राउ

काठमाडौः गुण्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन्।
 
महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले गोर्खालीलाई आज विहान  पक्राउ गरेको हो।
 
गुण्डागर्दीमा संलग्न भएको र निगरानीमा रहेकाले उनलाई पक्राउ गरिएको परिसर प्रमुख एसएसपी छविलाल जोशीले जानकारी दिए।
 
जोशीले भने,‘प्रहरीले यस्ता गुण्डाराज गर्नेहरुको निगरानी गरिरहेको छ भन्ने बुझ्नका लागि पनि पक्राउ गरेका छौं।’सुनधारालाई आधार क्षेत्र बनाएर गोर्खाली गुण्डागर्दी गर्दै आएका छन्।
 
प्रहरीले गोर्खालीका गुरु देबेन्द्र केसीलाईसमेत पक्राउ गरेको छ। एक सय ६० जना गुण्डाको सूची तयार पारेर निगरानी गरिरहेको परिसरले ६० भन्दाबढी गुण्डालाई पक्राउ गरिसकेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell