PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

वातावरण संरक्षण हाम्रो पहिलो प्राथमिकताः राष्ट्रपति



पहिलोपोस्ट

वातावरण संरक्षण हाम्रो पहिलो प्राथमिकताः राष्ट्रपति

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण संरक्षण मानिसको पहिलो प्राथमिकतामा पर्नुपर्ने बताएकी छन्।
 
 विश्व वातावरण दिवसका अवसरमा जनसंख्या तथा वातावरण मन्त्रालयले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले मानिस र प्रकृतिबीच अन्योन्याश्रित सम्बन्ध भएकाले हामीले प्रकृतिको सधैं संरक्षण गर्नुपर्ने बताइन्।

कार्यक्रममा राष्ट्रपतिले वातावरण संरक्षणमा योगदान पुर्याउने विभिन्न संस्था र व्यक्तिलाई पुरस्कार प्रदान गरिन्।

साथै राष्ट्रपतिले मोटरसाइकलमा एसिया भ्रमणमा निस्कन लागेका नेपाली युवाको समुहलार्इ नेपालको झण्डा हस्तान्तरण गर्दै विदाइसमेत गरिन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell