PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

रुपन्देहीका १२ स्थानीय तहमा माओवादी केन्द्रद्वारा उम्मेदवार चयन



रासस

रुपन्देहीका १२ स्थानीय तहमा माओवादी केन्द्रद्वारा उम्मेदवार चयन

बुटवलः नेकपा माओवादी केन्द्रले रुपन्देहीका १६ मध्ये १२ स्थानीय तहमा उम्मेदवार चयन गरेको छ।

माओवादी केन्द्रका रुपन्देही इन्चार्ज हकिउल्लाह खाँका अनुसार देवदह नगरपालिकाको प्रमुखमा नवराज पुरी र उपप्रमुखमा टीका गौतम तथा सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा फैज अहमद खान र उपप्रमुखमा कमला थापालाई उम्मेदवार तय गरेको छ। 

त्यस्तै, तिलोत्तमा नगरपालिकाको प्रमुखमा लक्ष्मण खनाल र उपप्रमुखमा राधिका पौडेल, सैनामैना नगरपालिकाको प्रमुखमा चेतनारायण न्यौपाने र उपप्रमुखमा दीपिका शर्मा तथा लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रमुखमा हरिबहादुर यादव र उपप्रमुखमा कल्पना हरिजनलाई उम्मेदवार बनाएको छ। 

त्यस्तै, माओवादीले कञ्चन गाउँपालिकाको अध्यक्षमा विनोदकुमार पुन र उपाध्यक्षमा कुमारी घर्तीमगर, गैडहवा गाउँपालिकाको अध्यक्षमा पुस्परतन पाण्डे र उपाध्यक्षमा सरस्वती थारु, सिंहारी गाउँपालिकाको अध्यक्षमा गोपाल पोखरेल र उपाध्यक्षमा धनकुमारी थारु, ओमसतिया गाउँपालिकाको अध्यक्षमा हिराकुमार केबट र उपाध्यक्षमा सुन्दरमति कुमारी हरिजन, शुद्धोदन गाउँपलिकाको अध्यक्षमा गोविन्द चौधरी र उपाध्यक्षमा विष्णु कार्की तथा रोहिणी गाउँपालिकाको अध्यक्षमा प्रदीपकुमार पाण्डे र उपाध्यक्षमा सरस्वती गुप्तालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। 

बुटवल उपमहानगरपालिका र मर्चवार क्षेत्रका मायादेवी, कोटही र मर्चवारी गाउँपालिकामा भने उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell