PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

पाँच मुलुकद्वारा कतारसँग कुटनीतिक सम्वन्ध अन्त्यको घोषणा



पहिलोपोस्ट

पाँच मुलुकद्वारा कतारसँग कुटनीतिक सम्वन्ध अन्त्यको घोषणा

बीबीसीः साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन र इजिप्टले आतंकवादलाई सघाएको आरोप लगाउँदै कतारसँगका आफ्ना सबै कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका छन्।

उनीहरुले कतारले इस्लामिक स्टेटलगायतका आतंकवादी समूहलाई सहयोग गरेको आरोप लगाएका छन्।

साउदी सरकारी समाचार संस्था एसपीएले रियादले कतारसँगका आफ्ना सबै सीमा, सामुद्रिक र हवाई सम्पर्क विच्छेद गरिएको जनाएको छ।

सो संस्थाले अधिकारीहरुलाई उद्धृत गर्दै ‘राष्ट्रिय सुरक्षालाई अतिवाद र आतंकवादबाट बचाउन’ पछिल्लो कदम चालिएको जनाएको छ।

कतारको आधिकारिक समाचार संस्थाको कम्प्युटरमा अनधिकृतरुपमा ह्याकिङ् गरिएपछि खाडी क्षेत्रमा बढेको तनावमाझ पछिल्ला घोषणा भएका हुन्।

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले खाडी क्षेत्रका देशहरु एकढिक्का हुन आह्वान गरेका छन्। उसले त्यसलाई‘लाजमर्दो साइबर अपराध’को संज्ञा दिएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell