PahiloPost

Jun 15, 2025 | १ असार २०८२

प्रम प्रचण्डको क्याविनेट अनुभव : मुख्य सचिवलाई मन्त्रीको मुक्याउने धम्की, बन्नपर्‍यो समन्वयकर्ता



पहिलोपोस्ट

प्रम प्रचण्डको क्याविनेट अनुभव : मुख्य सचिवलाई मन्त्रीको मुक्याउने धम्की, बन्नपर्‍यो समन्वयकर्ता
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्रीको कार्यालयमा आज मुख्य सचिवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विदाइ गरे। सत्ता त्याग्दाको निराशा विदाइ समारोहमा थिएन। विदाइ हुँदा प्रधानमन्त्री मच्चीमच्ची कर्मचारीलाई हौस्याउने मुडमा देखिए। त्यही छेडियो मुख्य सचिव सोमलाल सुवेदीमाथि मन्त्रीहरुले मुक्याउने धम्की दिएको प्रसङ्ग। सुवेदीले सरकारको कार्यकालमा भएका घटना स्मरण गराएपछि प्रचण्डले त्यसमा ठट्यौलो पारामा जवाफ दिइहाले।
 
आफ्नै क्याबिनेटका मन्त्रीहरुले मुख्य सचिव सोमलाल सुवेदीलाई कुट्ने धम्की दिएपछि समन्वय गर्नुपर्ने अवस्था आएको उनले सुनाए।

उनले ठट्यौली पारामा भने, 'कोहीले पिट्छौं भने भन्नुभयो (सुवेदीले)। बेला बेलामा त्यस्तो त हुन्थ्यो,' प्रचण्डले भने, 'मैले त्यसबीचमा पनि उहाँ र मन्त्रीबीचमा समन्वयको भूमिका खेल्नुपर्‍यो।'

धेरैखाले दवाव सामना गर्नपरेको सुनाउनेक्रममा उनले मुख्य सचिवसँग जोडिएको प्रसङ्ग कोट्याएका हुन। ठट्यौली पारामा प्रचण्डको कुरा सुनेपछि प्रधानमन्त्री कार्यालयका कर्मचारीबीच हाँसोको फोहरा नै छुटेको थियो।
 
प्रचण्डले स्थानीय तह, प्रदेश र केन्द्रबीच मुख्य सचिव सहितको टोलीले कार्य विस्तृतीकरणमा खेलेको भूमिका लागि धन्यवाद दिए। 'रियालिटी के हो भन्ने बुझेर जाँदा हाम्रो ब्युरोकेसी सक्षम छ। ट्रान्सफर्मेटिभ पनि छ,' कर्मचारीको तारिफ गर्दै उनले सुनाए।
 
मुख्य सचिव सोमलाल सुवेदीले नै आयोजना गरेको कार्यक्रममा तीता मीठा कुरा उठाउँदै उनले हसाइरहे। 'पोलिटिकल्टी त आउने जाने भैराख्छ। फेरि बिदाइ गर्ने मात्र होइन, स्वागत गर्ने तयारी पनि गर्नुहोस्', उनले हाँस्दै भने।
 
प्रचण्डले विगतमा पनि आफू सरकारमा सामेल भएको र त्यसबेलाको ९ महिना झिलिमिलीमा बितेको बताए।
 
'यो दश महिना निश्चित टार्गेट थियो। पोलिटिकल, इकोनोमिक टार्गेट र पार्टीसँग यसरी लैजाने भन्ने थियो। संविधान कार्यान्वयनबारे पनि क्लियर थियो', उनले भने, 'सुरुमा के भयो कसो भयो भन्ने त धेरै थियो। पछि छिमेकीसँग सम्बन्ध बनाइराख्नेदेखि पोलिटिकल इन्गेज गर्ने काम भयो। घुम्दैघुम्दै आइयो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell