कञ्चनपुरः गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिनका लागि बन्द गरिएको छ।
गर्मीका कारण विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुने र विद्यालय जान नसक्ने हुन थालेपछि जिल्ला शिक्षा अधिकारीको अध्यक्षतामा आज बसेको बैठकले सामुदायिक र संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको हो।
वार्षिक विदाबाट मिलान हुने गरी जेठ २३ देखि २६ गतेसम्म विद्यालयमा बिदा दिने निर्णय गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ।रासस