PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

निर्वाचनमा असहयोग गर्ने सल्यानका १६ जना कांग्रेस कार्यकर्ता कार्वाहीमा



रासस

निर्वाचनमा असहयोग गर्ने सल्यानका १६ जना कांग्रेस कार्यकर्ता कार्वाहीमा

सल्यानः स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने कांग्रेसका १६ जना स्थानीय नेता कार्यकर्ता कारबाहीमा परेका छन्।
 
निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तरघात गरेको भन्दै कांग्रेसले १६ जना आफ्ना नेता कार्यकर्तालाई कारबाही गरेको हो। 

कारबाहीमा पर्नेमा महाधिवेशन प्रतिनिधिदेखि नगर सभापतिसम्म छन्। छत्रेश्वरी गाउपालिकाबाट केशबहादुर विष्ट, डम्बर खत्री र दीपेन्द्र कुँवरलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरिएको नेपाली कांग्रेस सल्यानले जनाएको छ। 

यस्तै, कपुरकोट गाउँपालिकाबाट विष्णु शर्मा, खड्क केसी, शारदा नगरपालिकाबाट तुल्सीराम बस्नेत, टोपबहादुर मल्ल र सावित्रा राईलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ। 

निर्वाचनमा पार्टीलाई असहयोग गरेको भन्दै पाँचजना नेतालाई भने कांग्रेसले १५ दिने स्पष्टीकरण सोध्ने भएको छ।
 
यसअघि नेकपा एमालेले पनि पार्टीभित्र अन्तरघात गरेको भन्दै २० जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell