PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

कास्कीका जनप्रतिनिधिलाई व्यवसायीहरुद्वारा सम्मान



पहिलोपोस्ट

कास्कीका जनप्रतिनिधिलाई व्यवसायीहरुद्वारा सम्मान

पोखराः पोखरा उद्योग वाणिज्य संघले कास्कीका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ।

संघले पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीसहित सम्पूर्ण वडाध्यक्ष तथा कास्कीका ४ वटा गाउँपालिकाका प्रमुख र उपप्रमुखहरुलाई सम्मान गरेको हो।

कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार स्थानीय निकायहरुसँग हातेमालो गर्दै अगाडि बढ्न आफूहरु तयार रहेको बताए।

उनले जनप्रतिनिधिसँग  एकीकृत सम्पत्ति कर,  फुटपाथको अनधिकृत व्यापार, पोके व्यापारी नियन्त्रणलगायतका विषयमा ध्यान पुर्याउन आग्रह गरे।
महानगर प्रमुख जिसीले संघका सुझाव र गुनासोलाई सम्वोधन गर्दै पारदर्शीता कायमहुने गरी करको निर्धारण गर्ने प्रतिद्धता व्यक्त गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell