PahiloPost

Jun 15, 2025 | १ असार २०८२

चुडामणिको बिरामी बहाना : पक्राउपछि चार पटक अस्पताल पुर्‍याइयो, निजीमा भर्ना गर्न दबाब



पहिलोपोस्ट

चुडामणिको बिरामी बहाना : पक्राउपछि चार पटक अस्पताल पुर्‍याइयो, निजीमा भर्ना गर्न दबाब

काठमाडौं : कर फर्छयौटमा मनपरी कर छुट दिएको लगायतका आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका  आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई चौथो पटक अस्पताल पुर्‍याइएको छ।
 
विभाग परिसरबाट शुक्रबार बयानका लागि आयोग पुर्‍याइएका शर्मालार्इ थुनेर बयान लिने जानकारी पाएपछि उनले पेट दुखेको भन्दै उपचारका लागि आग्रह गरेका थिए। अख्तियार स्रोतका अनुसार उनलार्इ शुक्रबार नै दुर्इ पटक अस्पताल पुर्‍याइएको थियो। सुरुमा उनलार्इ वीर अस्पताल लगेर जाँच गराइएको थियो।
 
पक्राउपछि 'हाइपर टेन्सन'का कारण त्यतिखेर ब्लड प्रेसर बढेको पाइएको थियो। जाँचको क्रममा उनको ब्लडप्रेसर १ सय ९० सम्म पुगेको थियो। त्यसपछि उनले निजी अस्पतालमा उपचारका लागि लैजान आग्रह गरे पनि अख्तियारले भने सरकारी अस्पतालमै लगेको थियो।

शर्माले निजी अस्पतालमा उपचारका लागि सक्दो प्रयास गरेका थिए। तर उनको आग्रहलार्इ अख्तियारले स्वीकार गरेन।

सोमबार फेरि उनले असजिलो भएको जानकारी गराएपछि वीर अस्पतालमै जाँचका लागि पठाइएको हो। शर्माले दुर्इ बजे असजिलो भएको जानकारी गराएपछि उनलार्इ आज तीन बजे वीर अस्पताल पुर्‍याइएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell