PahiloPost

Jun 15, 2025 | १ असार २०८२

‘चपली हाइट २’ अभिनेत्री परमिता बनिन् गायिका



पहिलोपोस्ट

‘चपली हाइट २’ अभिनेत्री परमिता बनिन् गायिका
फोटो : परिमता राणाको फेसबुकबाट

काठमाडौं: अभिनेत्री परमिता राणा गायिका बनेकी छिन्। अभिनेत्री र व्यवसायिक मोडलको रुपमा परिचित उनले बक्सअफिसमा हिट चपली हाइट २ फिल्मबाट डेब्यु गरेकी हुन्। तर परमिताले आफ्नो परिचय थप विस्तृत बनाउन लागेकी हुन्।

उनको दुई व्यक्तिगत एल्बम रिलिज हुँदैछन्।

आगामी अगस्टमा उनको रोयल र योङ किङ एल्बम एकसाथ रिलिज हुन लागेको हो। नौ गीत समावेश रहने एल्बममा चार गीत रेकर्ड भैसकेका जानकारी राणाले दिइन्।

रेकर्ड भएका ती चार गीतलाई त्रिपुरेश्वरस्थित कर्मा लाउन्जमा परमिताले शनिबार गाएर सुनाएकी हुन्। उनलाई गायनमा दुई र्‍यापर नास्टी र भिजनले साथ दिए। नास्टी र परमिताले संयुक्त गीत पनि लेखेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell