उर्लाबारी: मोरङको विराटनगर–३ स्थित कोसी राजमार्गमा सोमबार राति भारतीय लहरीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको एनएलओ १ एल ६०६३ नम्बरको भारतीय लहरीले विपरीत दिशाबाट आउँदै गरेको को २८ प ६४८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक विराटनगर–३ बस्ने २६ वर्षीय उत्सव पोख्रेलको घटनास्थलमै मृत्यु भएको हो।
ठक्कर दिने लहरीलाई नियन्त्रणमा लिएपनि त्यसका चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिए। रासस