PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

जोसेफ मस्कट माल्टाको प्रधानमन्त्रीमा पुनः निर्वाचित



रासस

जोसेफ मस्कट माल्टाको प्रधानमन्त्रीमा पुनः निर्वाचित
फोटो श्रोतःtimesofmalta.com

माल्टाः जोसेफ मस्कट दोस्रो पटक माल्टाको प्रधानमन्त्री भएका छन्।

संसदीय निर्वाचनमा ५५ प्रतिशत मत ल्याई लेबर पार्टी विजयी भएपछि मस्कटले प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकालका लागि सोमबार सपथ लिएका छन्। 

प्रधानमन्त्री मस्कटले सपथपछि समलिङ्गीबीच विवाह गर्ने कानुनको निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले आगामी केही हप्तापछि संसद बैठक बोलाइने र बैठकले समलिङ्गीलाई विवाह गर्न पाउने अधिकारको व्यवस्था कानुनी रुपमा गर्ने प्रतिबद्धता जनाएका हुन्। 

मस्कटको दल लेबर पार्टीले मतदानबाट ५५ प्रतिशत मत ल्याई विजयी हुँदा प्रतिपक्ष नेसनल फोर्स गठबन्धनले मात्र ४४ प्रतिशत ल्याएको छ। 

मस्कटले आफ्नी श्रीमतीले देश बाहिर रहेको कम्पनीमा लगानी गरेको कुरा गतवर्ष पानामा पेपर्समार्फत् बाहिर आएपछि आफूमाथि जनसमर्थन कायम रहेको प्रमाणित गर्न एकवर्ष पहिलेनै मध्यावधि निर्वाचनको घोषणा गरेका थिए। 

प्रधानमन्त्री तथा उनको दलले मस्कटमाथि आफ्नी श्रीमतीले देश बाहिर रहेको कम्पनीमा लगानी गरेको कुरालाई खण्डन गर्दै आएको छन्। रासस/एपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell