PahiloPost

Jun 16, 2025 | २ असार २०८२

बीमा कम्पनीमा जागिरको अवसर, तत्काल ६ सय कर्मचारी अावश्यक



पहिलोपोस्ट

बीमा कम्पनीमा जागिरको अवसर, तत्काल ६ सय कर्मचारी अावश्यक

  • अरुण सापकोटा


काठमाडौंः बीमा समितिको सिफारिसमा अर्थमन्त्रालयले १० नयाँ जीवन बीमा कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिएपछि प्रस्तावित कम्पनीहरुले जागिरका लागि प्रस्ताव आह्वान गर्न थालेका छन्।

सिटिजन्स, महालक्ष्मी, आइएमइ, स्टारलगायतले विभिन्न पदमा आवेदन मागिसकेका छन्। बाँकी कम्पनीहरु पनि आवेदन माग्ने तयारीमा छन्।

कम्पनीहरुले सञ्चालन अनुमति माग्नुअघि कार्यालय स्थापना, पूर्वाधार विकासदेखि कर्मचारी भर्नासम्म गरिसक्नुपर्छ। त्यही कारण अहिले धमाधम कम्पनीहरुले कर्मचारी माग गर्न थालेका हुन्।

कम्पनीहरुले प्रमुख कार्यकारी अधिकृतदेखि सहायकस्तरका कर्मचारीको आवेदन माग्न थालिसकेका छन्।पहिलो चरणमा अनिवार्य रुपमा प्रमुख कार्यकारी अधिकृत, नायब महाप्रबन्धक, प्रमुख व्यवस्थापक, कम्पनी सचिव, नायब व्यवस्थापक, शाखा प्रबन्धक, अधिकृत र त्यस अन्तर्गतका कर्मचारीहरु नियुक्त गरिसक्नु पर्छ।

पहिलो चरणमा १० बीमा कम्पनीहरुले करिव ६ सय १४ जना कर्मचारी नियुक्त गर्नुपर्छ। यसमा ड्राइभर, कुचीकारलगायतका कर्मचारीहरु जोडिएको छैन। प्रमुख कार्यकारी अधिकृतदेखि सहायकस्तरका कर्मचारीसम्म बीमा कम्पनीहरुले ६ सय १४ जना भर्ती गर्नु पर्ने हुन्छ।


प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतबाहेक कम्पनीहरुले अन्डर राइटिङ, पुनर्बीमा, बजार ब्यवस्थापन, कानुन तथा दाबी भुक्तानी, लेखा तथा ट्रेजरी, सुचना प्रविधि विभाग अनिवार्य रुपमा गठन गर्नु पर्छ। यसमा एक/एक जना विभागीय प्रमुख हुन्छन्। प्रत्येक विभाग अन्तर्गत कम्तीमा चार जना कर्मचारी हुन्छन्।

प्रमुख कार्यकारी अधिकृत र नायब प्रमुख कार्यकारी अधिकृतको सचिवालयमा पनि केही कर्मचारी हुन्छन्।

अहिले नै १७ वटा जीवन बीमा कम्पनी सञ्चालनमा छन्। उनीहरुसँग प्रतिस्पर्धा गर्न र व्यापार सुरु गर्न कम्तीमा सात प्रदेशमा एउटा/एउटा मुख्य शाखा आवश्यक पर्छ। कम्पनीले एउटा प्रदेश अन्तर्गत कम्तीमा पाँच वटा शाखा कार्यालय खोल्दा पनि प्रबन्धकदेखि सहायक कर्मचारीहरुको ठूलै संख्यामा आवश्यक पर्छ।

गैरकर्मचारी भए पनि बीमा अभिकर्ताहरु पनि ठूलो मात्रामा आवश्यक पर्छ। किनभने सर्वसाधारणसम्म पुगेर बीमा लेख बेच्ने जिम्मा अभिकर्तालाई हुन्छ। उनीहरु जागिरे नभए पनि कमिसनमा आधारित भएर कम्पनीमा खटिएका हुन्छन्।


बाँकी स्टोरी विजमाण्डुमा पढ्न सक्नुहुनेछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell