
काठमाडौः एक किलो सुन र ४० लाख रुपैयाँसहित प्रहरीले बौद्धबाट दुई जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा प्रहरीले सोमबार राति एक किलो सुन र ४० लाख रुपैयाँसहित मनोजकुमार अग्रवाल र राजन नेपालीलाई पक्राउ गरेको हो।
बौद्धमा रहेको एक कपडा पसलमा सुनको कारोवार गरिरहेको अवस्था उनीहरुलाई महानगरीय प्रहरी बृत बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो।
करिव ६ महिना अघि पनि प्रहरीले बौद्धबाट तस्करी गरेर ल्याउदै गरेको १० किलो सुन बरामद गरेको थियो।