PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

गुल्मीको  मुसिकोटमा दाजुभाइ वडा अध्यक्षका उम्मेदवार



रासस

गुल्मीको  मुसिकोटमा दाजुभाइ वडा अध्यक्षका उम्मेदवार

गुल्मीः आगामी असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा गुल्मीमा एकै परिवारका दुई दाजुभाइ वडा अध्यक्ष पदमा उम्मेदवार बन्ने भएका छन्।
 
मुसिकोट नगरपालिका–४ अन्तर्गत बडागाउँका यमबहादुर खत्री र ओमबहादुर खत्री एकै पदमा उम्मेदवार बन्ने भएका हुन्। 

दाजु यमबहादुर खत्री नेपाली कांग्रेसकातर्फबाट र भाइ ओमबहादुर खत्री नेकपा एमालेकातर्फबाट उम्मेदवार बन्ने भएका हुन्।

एकै घरका दुई दाजुभाइलाई एकै पदमा पार्टीले उम्मेदवार बनाएपछि उनीहरुका आफन्त दुईमध्ये कसलाई भोट दिने भनेर अन्योलमा परेका छन्। 

दाजु यमबहादुर कांग्रेस बडागाउँका पार्टी सभापति हुन् भने भाइ ओमबहादुर एमाले बडागाउँ गाउँ कमिटी उपाध्यक्ष हुन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell