PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

उपसभापति आचार्यको नाममा अक्षयकोष स्थापना गरिने



पहिलोपोस्ट

उपसभापति आचार्यको नाममा अक्षयकोष स्थापना गरिने

पोखराः हृदयघात भई मृत्यु भएका नेपाली कांग्रेस कास्कीका उपसभापति हरि आचार्यको नाममा पार्टीले पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ।
 
आचार्यको १३ औ दिनको पुण्यतिथिका अवसरमा आयोजित श्रद्धाञ्जली सभामा कास्की कांग्रेसले आचार्यका छोराछोरीको अध्ययनका लागि पाँच लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गरेको हो।

त्यसैगरी, नेपाली कांग्रेस पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ११ इकाइ समितिले पनि छोराछोरीको अध्ययनका लागि एक लाखको अक्षयकोष स्थापना गरेको छ। 

आचार्यका चार वर्षीय छोरा रितिक र १० वर्षीया छोरी श्रेया छन्। हृदयघातका कारण उपसभापति आचार्यको जेठ १० गते निधन भएको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell