PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

प्रधान न्यायाधीशमा ६ जनाको नाम सिफारिस गर्दै आजबाट बिदा भइन् सुशीला कार्की



पहिलोपोस्ट

प्रधान न्यायाधीशमा ६ जनाको नाम सिफारिस गर्दै आजबाट बिदा भइन् सुशीला कार्की

काठमाडौं : प्रधान न्यायाधीश सुशीला कार्कीले अवकाशअघि संवैधानिक परिषद्लाई प्रधान न्यायाधीश नियुक्तिका लागि ६ जनाको नाम पठाएकी छिन्। उनी न्यायपरिषद्को समेत अध्यक्ष हुन्। 

न्यायपरिषद्ले पठाउने रोस्टरको आधारमा संवैधानिक परिषद्ले प्रधान न्यायाधीश नियुक्त गर्छ।

कार्कीले बरिष्ठ न्यायाधीश गोपाल पराजुलीसहित न्यायाधीशहरु दीपकराज जोशी, देवेन्द्रगोपाल श्रेष्ठ, ओमप्रकाश मिश्र, चोलेन्द्र शमशेर जबरा र जगदीश शर्मा पौडेलको नाम पठाएकी हुन्। 

संवैधानिक परिषद्ले बरिष्ठतम् न्यायाधीशलाई सर्वोच्चको प्रधान न्यायाधीश नियुक्त गर्ने गरेको छ। सुशीला कार्कीले बुधबार अवकाश पाउँदैछिन्। त्यअघि आज अदालत पुगेर केही समय बिताएर उनी फर्किइसकेकी छिन्।

यद्यपि जाँदाजाँदै कार्कीले बरिष्ठतम् न्यायाधीश पराजुलीले जन्म मिति सच्याउन दिएको निवदेनमा कार्कीले पुरानै मिति कायम गरेर आफ्नो अडानलाई पूर्ववत राखिन्। 

पुरानै जन्म मिति कायम हुँदा न्यायाधीश गोपाल पराजुलीको अवकाश दुई महिनाभित्रै हुनेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell