
काठमाडौंः केही दिन अघि मात्र छायांकन भएको मोडल निरुता क्षेत्रीको फिचर गीत ‘नाचिदेउ नाचिदेउ’ सार्वजनिक भएको छ।
संग्स नेपालको अफिसियल युट्यूबमार्फत सार्वजनिक गरिएको गीतमा निरुतासँगै मोडल कृष्ण पराजुलीलाई पनि फिचर गरिएको छ।
निर्देशक सत्यराज चौलागाईको निर्देशन र कोरियोग्राफर सुरेन बसेलको कोरियोग्राफमा तयार भएको गीतमा संकल्प भुजेलले क्यामेरा चलाएका छन् भने टेकेन्द्र शाहको सम्पादन रहेको छ।
नेपाली मोडलिङ क्षेत्रमा भबिष्य खोजिरहेकी र नेपाली मोडलिङ्ग तथा गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै अघि बढेकी मोडल निरुता क्षेत्री अभिनयसँगै गायनमा पनि अघि छिन्।
निरुताको आगामी केही हप्तामा आफ्नै आवाजमा तयार भएको गीतको अर्को भिडियो पनि नेपाली संगीत बजारमा आउने भएको छ।
राजधानीमा सौन्दर्य व्यबसाय गर्दै आएकी निरुता राम्रो ब्युटिसियन पनि हुन् । कलाकारिता र पेशालाईसँगै अघि बढाएकी निरुताको सार्वजनिक गीत डान्सपप नम्बरको रहेको छ।
गीतमा गायक महेश शाही र मीना निरौलाको आवाज रहेको छ। गीतमा महेश शाहीको संगीत र डी जे अनिल नापितले डीजे भंरेका छन्।