PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

किन एमालेले लगातार गर्‍यो संसद अवरुद्ध? यस्तो छ ओलीको जवाफ



पहिलोपोस्ट

किन एमालेले लगातार गर्‍यो संसद अवरुद्ध? यस्तो छ ओलीको जवाफ

काठमाडौं : लामो समयदेखि संसद अवरुद्ध गरेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यसको कारण आज संसदमा प्रस्तुत गरेका छन्।
 
लामो समयदेखि अवरुद्ध रहेको संसद खुल्दा सबैभन्दा पहिले समय लिएर बोलिरहेका ओलीले संसद अवरुद्ध हुनुका कारण सुरुमा नै पेश गरे। 

'संवैधानिक र व्यवहारिक रुपमा लोकतान्त्रिक प्रणालीका बारेमा, लोकतान्त्रिक मूल्य मान्यता, शक्ति पृथकीकरण, न्यायपालिका विषयमा गरिमामय संसद हल्काफुल्का रुपमा प्रयोग भयो,' ओलीले भने, 'सरकारको जिद्दी र बलमिच्याइजस्ता कारणले संसद अवरोध हुने स्थिति भयो।'
साथै उनले निर्वाचनलाई स्वतन्त्र र धाँधलीरहित बनाउने विषयमा कतिपय गम्भीर मतभेद देखा परेकाले संसद अवरुद्ध भएको बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell