PahiloPost

Jun 16, 2025 | २ असार २०८२

भरतपुर महानगरको चुनावी मुद्दामा ओलीको आलोचना



पहिलोपोस्ट

भरतपुर महानगरको चुनावी मुद्दामा ओलीको आलोचना

काठमाडौं : लामो समय अवरुद्ध रहेको संसदमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्माले ओलीले सम्बोधन गर्ने र भरतपुर प्रकरण नउठ्ने भन्ने त अस्वभाविक नै हुन्थ्यो। ओलीले अस्वभाविक त बनाएनन् तर लामै समय खर्चे भरतपुर प्रकरणमा। 

'स्थानीय तहको प्रथम चरणको निर्वाचनको क्रममा भरतपुर महानगरपालिकाकाको मत गणना अन्तिम अवस्थामा पुगेको बेला २९ वडा मध्ये वडा २० बाँकी थियो, १९ वडाको तीन चौथाई बाँकी थियो,' ओलीले भरतपुर प्रकरणको प्रसङ्ग कोट्याए, 'कोको संलग्न थियो त्यहाँसम्म नपुगौं। किन भने यो सरम लाग्ने विषय थियो। तर त्यहाँ सत्तापक्षकै उम्मेदवार रेणु दाहालका प्रतिनिधिले मतपत्र च्याते। उनीहरुलाई तत्काल प्रहरीले नियन्त्रणमा लियो।' 

मत गणना अवरुद्धमाथि कडा रुपमा उत्रिएका थिए उनी। 'मतगणना तत्काल सुरु गर्नुपर्थ्यो। तर, वातावरण अन्तै लगेर पुन मतदान गराउने स्थिति सिर्जना भयो। नभएको परिस्थिति भयो भन्ने, मत च्यातिनेबित्तिकै मतगणनास्थल कब्जा भयो? लोकतन्त्रकै लागि अत्यन्त डरलाग्दो पक्ष हो।' 

चुनावमा हारजित हुने विषय सामान्य भएको बताउँदै उनले सरकारले चुनाव जसरी पनि जित्नै पर्ने रणनीति लिएको बताए। 'तर केही ठाउँमा हार्न नमिल्दो रहेछ। कस्कस्लाई हराउन नमिल्ने हो?,' ओलीले सोधे, 'कस्ले च्यात्यो मतपत्र भनेर सरकारले नै मुद्दा लगाएको छ। सरकारबाट नै मतपत्र च्यातेको सरकारकै निकायले गिरफ्तार गरेका छन्। त्यहाँ ड्युटीमा खटाएका सुरक्षा निकाय छन्।' 

उनले भरतपुरमा उठाइएको प्रकृति मुचुल्काले कब्जा भएको कतै उल्लेख नगरेको दावी गरे। 'प्रहरीको वेबसाइटले यथार्थ विवरण बताएको छ। उनीहरुलाई नियन्त्रणमा लिइयो। तर केही सेकण्डमा मतपत्र च्यात्यो भने कसरी कब्जा हुन्छ?' 

त्यहाँ प्रतिनिधि भएर बसेकाहरुले मतपत्र च्यातेको भन्दै उनले थपे, 'उम्मेद्वार र उम्मेद्वारको प्रतिनिधिले नै च्यात्छ भने त्यहाँ रणभूमि कसरी भयो?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell