PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

ओलीलाई कांग्रेसको चिन्ता गरिरहन देउवाको आग्रह



पहिलोपोस्ट

ओलीलाई कांग्रेसको चिन्ता गरिरहन देउवाको आग्रह

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरेका कारण प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग फिर्ता हुन नसकेको बताएका छन्।

संसदमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले पेन्सनपट्टासमेत पाउन नसकेको भन्दै सरकारको आलोचना गरेपछि देउवाले भने, 'यहाँ बहस गर्न चाहन्न म। हामीले महाभियोग दर्ता फिर्ता गरेका छौं। संसद चल्न दिएको भए उहिल्यै फिर्ता भइसक्थ्यो। पेन्सन पट्टा पाउन पनि रोकिने थिएन।'

भरतपुर महानगरपालिकाको विषयमा पनि देउवाले कुटनीतिक जवाफ पेश गरे। 'भरतपुरकै कुरा उठाउनुभयो। बोल्नुपर्ने नै भयो,' देउवाले भने, 'हामीले निर्वाचन आयोग संविधान अनुसार बनाएका हौं। आयोगको निर्णय मान्ने गरेका छौं। तर, उहाँहरु अदालतमा जानु भएको छ। अदालतमा जान पाइन्छ। अदालतको अन्तरिम आदेश आएको छ।' 

देउवाले थपे, 'जहाँसम्म मतपत्र च्यातिएको कुरा छ। अदालतमा गएको विषयमा म बोल्न चाहन्न।' 

ओलीलाई कांग्रेसको चिन्ता गरेकोमा धन्यवाद दिए। '२००७ सालदेखिको कुरा ल्याएर उहाँले कांग्रेस चिन्ता गर्नुभयो,' देउवाले भने, 'चिन्ता पछि पनि गर्दै गर्नुहोला।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell