
सिन्धुलीः सेवाग्राहीसँग घुस लिंदै गर्दा सिन्धुलीमा दुई गाउँपालिकाका कार्यकारी अधिकृत पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान अयोगको टोलीले सोलार जडानका लागि सेवाग्राहीसँग घुस लिंदै गरेको अवस्थामा गोलन्जोर गाउँपालिकाका कार्यकारी अधिकृत भोलाकुमार आले र फिकल गाउँपालिकाका कार्यकारी अधिकृत सतीश भट्टराईलाई पक्राउ गरेको हो।
इलोक्ट्रोनिक्स पसलबाट घुस लिएको अभियोगमा आयोगको सम्पर्क कार्यालय बर्दिवासको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
आलेलाई एक लाख ५१ हजार र भट्टराईलाई ९० हजार रुपैयाँ घुस लिएको आरोप लगाइएको छ।
कमलामाई नगरपालिका– ६ स्टलबजारस्थित ध्रुव इलोक्ट्रोनिक्ससँग पाँच लाखको सोलार खरिदमा उनीहरुले पसलेसँग घुस लिँदै गर्दा पक्राउ गरिएको आयोगको सम्पर्क कार्यालय बर्दिवासका प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए।रासस