PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोगको च्याप्टर क्लोज



पहिलोपोस्ट

प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोगको च्याप्टर क्लोज

काठमाडौं : प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव औपचारिक रुपमा फिर्ता भएको छ। सर्वोच्च अदालतमा अन्तिम दिन भन्दै बिदा भएकै दिन उनको महाभियोग फिर्ता भएको हो। भोलिदेखि उमेरहदका कारण कार्कीले अवकाश पाउँदैछिन्।

उनीविरुद्ध नेपाली कांग्रेसका मीन विश्वकर्मा र माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले महाभियोग संसदमा दर्ता गराएका थिए। महाभियोग दर्ता भएपछि निलम्बनमा परेकी कार्कीलाई सर्वोच्च अदालतले पुन: काममै फर्किन आदेश दिएको थियो।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले महाभियोगको विरुद्धमा उत्रिएको थियो। सर्वोच्चको आदेश र प्रमुख प्रतिपक्षी दलको विरोधका कारण अन्तत: महाभियोग फिर्ताको प्रस्ताव विश्वकर्मा र बस्नेतले नै गरेका थिए। संसदमा प्रस्ताव दर्ता भए पनि प्रमुख प्रतिपक्षी दलले गरेको अवरोधका कारण प्रक्रिया अगाडि बढ्न सकेको थिएन। आज व्यवस्थापिका संसद चालु भएलगत्तै यो प्रस्ताव फिर्ता भएर टुङ्गिएको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell