PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

हटाइयो बौद्धमा राखिएको डिजिटल डिस्प्ले 



पहिलोपोस्ट

हटाइयो बौद्धमा राखिएको डिजिटल डिस्प्ले 

काठमाडौंः बौद्ध परिसरमा राखिएको डिजिटल डिस्प्ले आज हटाइएको छ। पुरातत्व विभागको निर्देशनपछि बौद्ध तथा मेलम्ची घ्याङगुठीले डिस्प्ले हटाएको हो।

बुद्ध जयन्तीको अवसरमा एक दिनका लागि मात्र राखिएको डिस्प्ले नहटाएको भन्दै विरोध भएको थियो।

गुठीले जेठ २६ गतेसम्म राख्न माग गरेपनि विश्व सम्पदा सूचीमा समावेश बौद्ध स्तूपलाई नै छेकिने गरी राखिएको भन्दै विरोध भएपछि विभागले तत्काल हटाउन निर्देशन दिएको थियो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell