PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

कर्मचारीलाई स्वास्थ्यमन्त्रीको आग्रहः बेथितिलाई हटाउन चुनौतीलाई स्वीकार्नुस् 



रासस

कर्मचारीलाई स्वास्थ्यमन्त्रीको आग्रहः बेथितिलाई हटाउन चुनौतीलाई स्वीकार्नुस् 

काठमाडौंः स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो कर्तव्य निर्वाहको क्रममा आइपर्ने चुनौतीलाई स्वीकार्न कर्मचारीलाई आग्रह गरेका छन्। 

स्वास्थ्य मन्त्रालयले आयोजना गरेको बिदाइ कार्यक्रममा मन्त्री थापाले स्वास्थ्य क्षेत्रका बेथितिलाई हटाउन चुनौतीलाई स्वीकार गर्नुपर्ने बताए।
 
उनले अहिले मन्त्रालयले गर्ने हरेक निर्णय र काममा राजनीतिक दललगायत सबैको ध्यान केन्द्रीत गरिरहेकाले सुरु गरिएको कामलाई निरन्तरता दिन आग्रह गरे।

उनले भने,‘स्वास्थ्यमा पहिले नै धेरै अभूतपूर्व कामहरु भएका रहेछन् तर त्यो विषयले महत्व पाइरहेको थिएन। कर्मचारीको अथक मेहनत र इमान्दारीका कारण १० महिने कार्यकालमा स्वास्थ्यका विषय राजनीतिक मुद्दा बनेको छ। चुनौती लिँदा आफू फसिन्छ कि भन्ने डर त्यागेर सकारात्मक सोचका साथ निर्णय लिनसक्नुपर्छ।’रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell