PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

प्रधानमन्त्रीका रुपमा के हुन देउवाको प्राथमिकता?



पहिलोपोस्ट

प्रधानमन्त्रीका रुपमा के हुन देउवाको प्राथमिकता?

काठमाडौं : प्रधानमन्त्री पदमा आफ्नो उम्मेदवारीबारे सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना प्राथमिकताबारे व्याख्या गरे। उनले बाँकी निर्वाचनहरु, संविधान संशोधन र विकासलाई आफ्नो प्राथमिकता रहेको जानकारी गराए।

'राष्ट्रिय पूर्वाधार विकास हाम्रा प्राथमिकता हुनेछन्,' उनले भने। उनले सिंचाई, ग्रामिण सडक, विद्युत र उद्योग अघि बढाउनुपर्ने बताए। पूर्वाधारको विकास भएपछि सबै विकास हुने उनको भनाइ थियो।

'देशभर एउटा सन्देश गएको छ। प्रधानमन्त्रीको राजीनामाले हामीले भोलि पनि सँगसँगै काम गर्नेछौं,' देउवले भने, 'हाम्रा नेता गिरिजाप्रसाद कोइरालासँग १२ बुँदे सहमतिबाट शान्ति प्रक्रियामा आउनुभएका प्रचण्डबाट त्यसको स्पिरिटमा काम भएको छ। संविधान कार्यान्वयनको सुरुवात भएको छ।' 

उनले आफूले २०५८ सालमै शान्ति प्रक्रिया अघि बढाउन चाहेको बताए। 'तर, केही ढिला भए पनि शान्ति स्थापित भएको छ। शान्ति हिजो पनि आवश्यक थियो आज पनि छ र भोलि पनि हुनेछ,' उनले भने, 'यसकारण म हाम्रा स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालालाई धन्यवाद दिन चाहन्छु र प्रचण्डलाई पनि धन्यवाद दिन चाहन्छु।' 

'हामीलाई शान्त समृद्ध नेपाल चाहिएको हो। राष्ट्रियता भन्नुहुन्छ- पहाड हिमाललाई जोड्नुपर्छ। सौहार्द्र सम्बन्ध हुनुपर्छ। समृद्धिको बाटोमा लम्कनुपर्छ। त्यही हो राष्ट्रियताको आधार।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell