PahiloPost

Jun 15, 2025 | १ असार २०८२

देउवालाई प्रधानमन्त्री पदमा प्रस्ताव गर्दै प्रचण्डले जे भने 



पहिलोपोस्ट

देउवालाई प्रधानमन्त्री पदमा प्रस्ताव गर्दै प्रचण्डले जे भने 

काठमाडौं : प्रधानमन्त्री पद त्याग गर्दै आउँदै गरेको प्रधानमन्त्रीको प्रस्तावक बनेर फरक खाले राजनीतिक संस्कार देखाएका पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थापिका संसदमा यस्तो अभिव्यक्ति दिए : 

माननीय शेरबहादुर देउवाले बडो प्रष्टसँग आफ्ना प्राथमिकता बडो प्रस्टसँग राखिसक्नुभएको छ।  

गएको दश वर्षमा केही प्रधानमन्त्रीलाई प्रस्ताव गर्ने अवसर पाएँ। गणतन्त्र स्थापनापछि मैले नेकपा एमालेका नेता माधवकुमार नेलालाई उहाँ संविधानसभामा हुनुपर्छ, १२ बुँदेको हस्तक्षरकर्ता पनि भएकाले उहाँलाई छोड्दा अपूर्णजस्तो अनुभव गरेर ल्याएँ। पछि परिस्थिति विचित्र बन्यो। मैले राजीनामा दिएपछि उहाँ नै प्रधानमन्त्री बन्नुभयो। पछि झलनाथ खनाललाई पनि मैले नै समर्थन गरेँ। अनि केपी ओलीलाई पनि प्रस्ताव बसेर समर्थन जनाएँ।

तर, पहिलो पटक कांग्रेस सभापतिलाई ऐतिहासिक रुपमा प्रधानमन्त्रीमा बहाल नै रहेर प्रस्ताव गरेको छु। विश्वकै इतिहासमा सायद यो नौलो घटना होला। मैले चीन र भारतका सरकार प्रमुखसँग सँगसँगै बसेर कुराकानीको अवसर पाएँ र त्यसका केही प्रभावहरु पनि देखिएका छन्। यी सकारात्मक पहलहरुलाई सत्तापक्ष र प्रतिपक्षका केही योगदानहरुबाट नै सकारात्मक संकेत देखिएका छन्। त्यसलाई अघि बढाउन सक्नुहुनेछ। भन्ने मेरो अग्रिम शुभकामना छ। 

उहाँले स्थानीय तह निर्वाचन र अरु निर्वाचन पनि माघ ७ गतेभित्र गर्ने र थारु मधेसी सहित सबैलाई संविधानबाट समेट्ने कुरा गर्नुभएको छ। यसलाई सबैले समर्थन गरौं। 

फेरि पनि अर्को प्रधानमन्त्री चयन त भइहाल्छ। नेकपा एमाले र नेपाली कांग्रेसलाई फेरि पनि प्रस्ताव गर्ने अवसर पाउँ। मैले शेरबहादुरजीलाई प्रस्ताव गरेर उहाँले मलाई गरेर लगाएको गुण तिर्ने मौका पाएको छुँ। 

नेपाल राष्ट्रको बृहत्तर हित विपरित १० महिनामा पनि भएन अब पनि हुँदैन भन्ने विश्वास लिएको छुँ। थोरै मात्र एकता कायम गर्यौं भने दुवै देश (भारत/चीन)को प्रगतिबाट हामीले पर्याप्त फाइदा लिन सकिन्छ। सबैभन्दा ठुलो दलको नेता प्रधानमन्त्री हुँदै हुनुहुन्छ। उहाँ विगतमा पनि प्रधानमन्त्री हुनुभएको छ। यो चौथो पटक हो। तर उहाँ पहिले भन्दा अहिले फरक ढंगले प्रधानमन्त्री हुँदैहुनुहुन्छ। कहिले ज्ञानेन्द्रले फाल्ने, कहिले हटाउने भन्दा यसपटकको फरक हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell