काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री उम्मेदवारका रुपमा समर्थक बने। संसदमा समर्थकका रुपमा सम्बोधन गर्ने क्रममा उनले यस्तो मन्तव्य दिए -
रामचन्द्र पौडेल -
सबैभन्दा महत्वपूर्ण कुरा एउटा व्यवस्थालाई स्थापित गर्दै समृद्धिको बाटोमा अघि बढाउनुछ। अहिले प्रस्तावित प्रधानमन्त्री हाम्रा सभापति शेरबहादुरजीले नेपाल राष्ट्रको स्वाभिमानलाई उचो बनाउनुहुनेछ। २००७ सालमा जुन परिवर्तन भएको थियो त्यसैलाई पूर्णता दिन विभिन्न घटनाहरु भएका हुन् मुलुकमा। कहिले पछाडि कहिले अगाडि गर्दै गणतन्त्रसम्म आएको हो।
नेपाली कांग्रेस पार्टी प्रस्ट भिजनसहित मुलुकको प्रगति अघि बढाउन चाहन्छ। बीपी कोइराला गणेशमानजी र किशुनजीले जुन बाटो देखाउनुभयो त्यसलाई कार्यान्वयन गर्ने अवसर हो यो। मुल माध्यम डेमोक्रेसी हो र लक्ष्य जनताले चाहेको समृद्धि हो।
हाम्रो पार्टीले अहिले अड्डा अदालतमा जाँदा कुन पार्टीको हो भनेर न्याय पाउने अवस्था छ त्यसको अन्त्य हुनुपर्छ। जनतालाई क्वालिटिको जीवन दिने हो। त्यसका लागि कृषि क्रान्ति आवस्यक छ। जनताको जीवनमा श्रमिक र विपन्नको जीवन माथि उठाउन सकियो भने मात्र त्यसलाई विकास भन्न सकिन्छ।
२०४६ सालको परिवर्तन पछि हामीले जुन ग्रामिण स्वावलम्बन कार्यक्रम ल्यायौं त्यसले शिक्षा स्वास्थ्य संचार अधिकांश ठाउँमा पुगेको छ। अब रोजगारी विस्तार गरेर विदेशिएको जनशक्ति फर्काउने अवस्था ल्याउनुछ। गुणस्तरीय शिक्षा स्वास्थ्य र रोजगारी पनि गाउँगाउँमा पुर्याउने हो भने विकास र समृद्धिको बाटोमा अघि बढ्न सक्छ।
नेपाली कांग्रेसको नेतृत्वमा देशले निकास पाएको छ। सुशीलजीले के गर्नुभयो भएन अब टिप्पणी जे गरे पनि उहाँकै नेतृत्वमा देशले संविधन पाएको हो।
नेपाली कांग्रेसले तराई हिमाल पहाड सबैदलाई जोड्न चाहेको छ। राष्ट्रियता भनेको राष्ट्रिय एकता हो। कसैले पनि बहिस्कृत भएको महसुस नहोस् यसले नै राष्ट्रिय एकतालाई मजबुत बनाउने छ।